काठमाडौं, १८ चैत। लकडाउन उल्लंघन गर्ने ६ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउनको आठौं दिन आज बिहानै उनिहरुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका मध्ये ५ सय ४७ पुरुष र ७८ महिला भएको प्रहरीले बतायो । त्यस्तै प्रहरीले ६८ सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ।
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना फैलिएको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज आठौं दिन हो । लकडाउनको अबधीभर अत्यावश्यक बाहेकका काममा हिडडुल नगर्न आग्रह गरिएको छ । लकडाउनका कारण मूख्य सडकहरु सुनसान देखिएपनि भित्री सडकहरुमा मानिसको केहि चहलपहल देखिन्छ।



लोकपाटी न्यूज