प्रेस काउन्सिलको जानकारी : यसकारण बन्द गरिए १७ अनलाइन

Updated Notice
लोकपाटी न्यूज

काठमाडौं, १८ चैत्र। प्रेस काउन्सिलले नेपाली भाषाबाट सञ्चालित १७ अनलाइन बन्द गर्नुपर्नाको कारण उल्लेख गर्दै सूचना प्रकाशित गरेको छ।

काउन्सिलले सूचना प्रकाशित गर्दै कोरोना भाइरसबारे समाजमा आतंक सिर्जना गर्ने गरी गलत समाचार सम्प्रेषण गरेकाले ती अनलाइन बन्द गर्नुपरेको जानकारी गराएको छ। साथै काउन्सिलले पत्रकार आचारसंहिताभित्र रही समाचार सम्प्रेषण गर्न पनि सबैमा अपील गरेको छ।

काउन्सिलले १७ वटा अनलाइन बन्द गर्नुपर्नाको कारण बिस्तारमा खुलाएको छ। उसले ती अनलाइनले कहिले कुन शीर्षकमा कस्ता भ्रामक समाचार प्रकाशित गरेका थिए भन्नेसमेत खुलाएको छ।

हेर्नुस् काउन्सिलको जानकारी

Updated Notice

Actions

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्