खैरहनीका वडा नम्बर १२ र १३ मा कीटनाशक औषधि छर्किँदै

khairahani pic
लोकपाटी न्यूज

चितवन, १७ चैत। खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्किदै छ। कुमरोज मध्यवर्ती सामुदायिक वन खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ को आयोजनामा आइतबारदेखि कीटनासक औषधि वडा भरी छर्किन सुरु गरिएको हो।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणलाई वडाभित्र फैलिन नदिन कीटनाशक औषधि छर्किन सुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष टीकाराम तिमिल्सिनाले बताए। वडाभित्र कीटनासक औषधि छर्किने, सडकलाई पानीले सफा गरेर बोलेरोमा एक हजार लिटरका २ वटा ट्याङकी राखेर छर्किएको वडा नम्बर १३ का वडाध्यक्ष बालकुमार उप्रेतिले बताए।

यसैबिच, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ का २१ सय घरधुरीलाई साबुन र मास्क वितरण गरिएको छ। टोल सुधार समिति वडा सदस्य र वनका पार्षद सदस्दमार्फत् घर(घरमा गएर हात धुने साबुन र मास्क बाँडिएको हो। सोमबार प्रती घर ५ वटाका दरले साबुन र प्रती घरका सम्पूर्णलाई माक्स वितरण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सानोकाजी कुँवरले बताए।

1 k

सबै वडाबासीलाई घर भित्रै बसी सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्न उपाध्यक्ष कुँवरले आग्रह गरे। दैनिक ज्याला मजदूरी गरेर जिवन धान्नेहरुलाई खानाको व्यवस्था वडाले नै गर्ने खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा सदस्य जिवन कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्