काठमाडौं, १६ चैत। स्याङ्जाको फेदीखोला गाउँपालिकाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
उनका अनुसार स्वास्थ्य चौकीमा काम गर्नेलाई ५० प्रतिशत, हेल्थ डेक्समा काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत र क्वारेन्टाइनमा काम गर्ने कर्मचारीलाई सय प्रतिशत भत्ता दिनेछ । यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका ७ वटै वडामा कोरोनाबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हात धुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।



लोकपाटी न्यूज

