काठमाडौं, १६ चैत। नेपाली कांग्रसले सहमतिको सरकार बन्नुपर्ने माग नराखेका स्पष्ट पारेको छ । नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकास शर्माले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो माग नराखेको बताएका हुन।
केहीदिन अघि कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको सरकारको प्रसंग निकालेका थिए । तर प्रवत्ता शर्माले यसबारे पार्टीमा कुनै छलफल समेत नभएको बताएका छन । उनले संकटको समयमा सरकारलाई सघाउनु,सुझाव र दबाब दिनु कर्तव्य भएको पनि उल्लेख गरेका छन ।
‘सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन र यसबारे कुनै छलफल समेत भएको छैन, संकटमा सरकारलाई सघाउनु,सुझाव र दबाब दिनु हाम्रो कर्तव्य हो,’ उनले लेखेका छन, ‘सरकारमा संगै नभएर पनि संगै लड्न सकिन्छ, यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा ।’



लोकपाटी न्यूज

