लकडाउन अवधीभर मजदूरहरुको लागी खानाको व्यवस्था गदै प्रदेश २ सरकार

लोकपाटी न्यूज

काठमाडौं, १६ चैत।

प्रदेश २ सरकारले प्रदेशवासीका लागि विशेष राहतको प्याकेज ल्याएको छ । आज (आइतबार) बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन अवधीभर प्रदेशभरिका गरिव, तथा दैनिक ज्यालादारीमा खटिने मजदूरहरुका लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको हो।

मन्त्रीपरिषद्को बैठकले लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गको जीवनरक्षाको लागि सरकारका तर्फबाट खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

यसका लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ ।

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्