काठमाडौं, १६ चैत। सरकाले मूल्य अभिबृद्धि कर(भ्याट) र आयकरमा सहुलियत दिने तयारी थालेको छ। चैत २५ गतेसम्म बुझाउनुपर्ने भ्याट र आयकर बुझाउने समय पछि सार्न अर्थमन्त्री खतिवडा सहमत देखिएका हुन।लकडाउन लम्बिन सक्ने हुदाँ व्यवसायीहरुले भ्याट र आयकरको दोस्रो किस्ता सरकारलाई बुझाउन सक्ने स्थिती छैन।फागनु महिनामा काटेको बिलको भ्याट चैत २५ गतेसम्म बुझाउनुपर्ने नियम छ । यस्तै आयकरको दोस्रो किस्ता चैत मसान्तसम्म बुझाउनुपर्ने छ।
अर्थमन्त्रालय स्रोतका अनुसार सरकारलाई बुझाउनुपर्ने भ्याट र आयकरको किस्तालाई केही समय पछाडि सार्ने तयारी भएपनि कस्ता खाले व्यवसायमा यस्तो छुट दिने हो त्यो निर्णय हुन बाकी छ ।अर्थतन्त्रमा पर्ने असरको आधारमा राहतको प्याकेज दिने तयारी सरकारको छ।लकडाउनका कारण द्योग व्यवसाय बन्द छन्। बजारबाट उठ्नुपर्ने पैसा उठ्ने सम्भावना नभएकाले सरकारलाई कर र बैंकलाई किस्ता बुझाउन सकिने अवस्था नभएको व्यवसायीहरु बताउछन।



लोकपाटी न्यूज

