काठमाडौं, १६ चैत। नेपाल आयल निगमले भरी सिलिन्डर ग्यास दिउँसो १ बजेभित्र बेचिसक्न निर्देशन दिएको छ । दिउँसो १ बजेसम्म बिक्री नभएको भरी सिलिन्डर सम्बन्धीत उद्योगमा फिर्ता पठाउन समेत निर्देशन दिएको छ । दिउँसो १ बजेपछि आधा सिलिन्डर ग्यास मात्रै कारोबार गर्न भन्दै नियमले यस्तो निर्देशन दिएको हो।
दिउँसो १ बजेदेखि बजारमा आधा सिलिन्डर ग्यासको मात्रै कारोबार हुने भन्दै निगमले त्यसपछि बिक्रेतासँग भरी सिलिन्डर ग्यास पाइएका प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।
निगमले बिक्रेता वा डिस्टिब्युटर्सले आफूसँग भएको ग्यासको विवरण, सुरुवाती मौज्दात लगायतका विवरणहरु समेत सबैले देखिनेगरी टाँस्न निर्देशन दिएको छ । त्यस्तै एउटा उद्योगको सिलिन्डरमा अर्को उद्योगले समेत ग्यास भर्न समेत निगमले खुला गरेको छ । अर्को व्यवस्था नहुन्जेलको लागी यस्तो वेवस्था गरिएको निगमले जनाएको छ ।



लोकपाटी न्यूज