गाेरखाबासीलाई कुनै समस्या परे जानकारी गराउनुहाेला : सांसद अधिकारी

लोकपाटी न्यूज

काठमाडौं, १४ चैत। गोरखा क्षेत्र नम्वर १ का सांसद एवं नेकपाका केन्द्रीय सदस्य हरिराज अधिकारीले कोरोना भाइरस ( कोभिड-१९) को माहामारीबाट विश्वका नागरिकहरु बच्न र बचाउन मानव समुदाय लागिरहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सांसद अधिकारीले लेखेका छन्, ‘विश्वमा तपाईं हाम्रो, जीवनकालकै सबभन्दा ठूलो मानविय विपत्तीमा परेका छौं।’ हाम्रो देश र गोरखा जिल्लामा गत चैत ११ गतेदेखि अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द छ। यस अवस्थामा तपाईँ हामी सबैलाई असुविधा भएकै छ। सरकारको नीति, निर्देशन र आदेश मान्नुको अर्को विकल्प हामी सामु छैन।’

विपत्तिको समयमा एक छिमेकीले अर्कोलाई सहयोग गर्नु परम्परा रहँदै आएकोभन्दै नेता अधिकारीले निर्वाचन क्षेत्र नंं १ घरभई मुग्लानबाट भर्खरै गाउँ आएका स्थानीयले तोकिएको समय अनुसार सेल्फ आइसोलेशनमा बसेर यो विपत्तिलाई सहयोग गरेको बताएका छन्। विरामी भइहालेमा स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउन उनले अनुरोधसमेत गरेका छन्। प्राथमिक स्वास्थ्य चौकीका लागि आवश्यक पिपिआई व्यवस्थापन गरी अरु थप सामग्रीहरु व्यवस्थापनमा तीनवटै तह लागिरहेको जानकारी दिए।

सांसद अधिकारीले यो रोग सर्ने भनेको रोगीबाट निस्केको थुक, खकार, सिंगान, मुख र नाकबाट आउने पानी जन्य वाफबाट सर्ने भन्दै विरामीले प्रयोग गरेका लुगा, थाल, टेबल जस्ता सामग्रीहरु अरुले तुरुन्तै प्रयोग नगर्न अनुरोध गरे।
बाहिर निस्केर भीडभाडमा नजाने, नियमित रूपले साबुनपानीले हात धुने, हाछ्युँ गर्दा नाकमुख छोप्ने, जथाभावी नथुक्ने आदि पालना गरियो भने कसैलाई केही नहुँने भन्दै अनावश्यक भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन्।साथै, सांसद अधिकारीले गोरखाबासीलाई कुनै समस्या परे  निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन्।

आकस्मिक सहायता कक्ष : १००,1157

प्रमुख जिल्ला अधिकारी : ९८५६०५७७७७

प्रहरी प्रमुख (एसपी ) : ९८५६०५५५५५

शसस्त्र प्रहरी : ०६४ ४२१३६६

राष्ट्रिय अनुसन्धान : ९८५६०४०६७४

रणसिंह दल गण : ०६४ ४११२००

गोरखा अस्पताल : ०६४ ४२०२०८

लेख बहादुर थापा : ९८५६०७०३३४

रामशरण बस्नेत : ९८५६०४२७०१

हरीराज अधिकारी : ९८५६०२८२७२