स्याङ्जा, १४ चैत। स्याङ्जामा गोली लागेर एक जना प्रहरी हवल्दारको मृत्यु। हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार गोली लागेर मृत्यु भएको हो।
पोखरा २६ घर भएका पौडेलको चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको र उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको मृतकका काका सूर्य पौडेलले जानकारी दिए।
काका सूर्य पौडेलले घटनाको छानबिनको लागि माग गरेका छन्। घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



लोकपाटी न्यूज
