अमेरिकामा कोरोना संक्रमितको संख्या ८५ हजारभन्दा बढि

Corona
लोकपाटी न्यूज

काठमाडौं, १४ चैत। अमेरिकामा विश्वकै सबैभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।अमेरिकामा संक्रिमितको संख्या ८५ हजार नाघेको छ । यो संख्या चीनको भन्दा झण्डै ५ हजार बढी हो ।चीनमा कुल संक्रमितको संख्या ८१ हजार ७ सय ८२ छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ६६ जनाले ज्यान गुमाएका छन् । यो संगै अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ सय ९३ पुगेको छ । संक्रमितको संख्या इटलीमा यो संख्या ८० हजार नाघेको छ ।

पछिल्लो तत्थ्याङ्क अनुसार इटलीमा कुल ८० हजार ५ सय ८९ जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या भने स्पेनमा बढी छ त्यहाँ ७ सय १८ जनाले ज्यान गुमाएका छन् । उता इटलीमा ७ सय १२ फ्रान्समा ३ सय ६५ इरानमा १ सय ५७ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएको कोरोनाको तत्थ्याङ्क संकलन गरिरहेका एजेन्सीहरुले उल्लेख गरेका छन्।

विश्वका १ सय ९९ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ। वितेको २४ घण्टाको तथ्याङ्क अनुसार कोरोना संक्रमणका कारण विश्वभर २४ हजार ६५ जना भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ५ लाख ३१ हजार ५ सय नाघेको छ । १ लाख २३ हजार भन्दाबढी उपचार पछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्