काठमाडौं, १२ चैत। विश्वभरमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९ ) का कारण ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय नाघेको छ । गएको चौबीस घन्टामा कोरोना संक्रमणबाट विश्वभर २३ सय ७३ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार आठ सय ८७ पुगेको छ।
त्यस्तै कोरोनाबाट ४ लाख २२ हजार ६ सय १३ जना संक्रमित भएका छन् । १ सय ९७ राष्ट्रमा फैलिएको यने संक्रमणबाट १ लाख ८ हजार ८ सय ७९ जना उपचारपछि घर फर्किएको बताइएको छ । कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा सात सय ४३ जनाको मृत्यु भएको छ।
वितेको २४ घण्टामा इटलीमा थप ७ सय ४३ जनाले ज्यान गुमाएपछि, कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ । पछिल्लो समय युरोपमा अनियन्त्रीत देखिएको कोरोनाको प्रभाव अमेरिकामा पनि बढ्दो क्रममा छ।
वितेको २४ घण्टामा स्पेनमा थप ६ सय ८०, फ्रान्समा २ सय ४० जनाले ज्यान गुमाउँदा, बेलायतमा अहिले सम्मकै बढी एकै दिन ८७ जनाको ज्यान गएको छ । यो संगै बेलायतमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या ४ सय २२ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा नेदरल्याण्डस्मा थप ६३, जर्मनीमा, ३६ र बेल्जीयममा ३४ जनाले ज्यान गुमाएको बताइएको छ ।



लोकपाटी न्यूज

