कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने महावीर पुनको तयारी

Mahabir_Pun
लोकपाटी न्यूज

काठमाडौं, ११ चैत। राष्ट्रिय आविष्कार केन्द्रका प्रमूख महावीर पुनले कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने भएका छन्। कोरोनाको जाँच र उपचार गर्दा डाक्टरले लगाउनुपर्ने सुरक्षाका सामान अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउने घोषणा गरेका हुन्।

तत्काललाई ४ सय थान पीपीई बनाउने सामान उपलब्ध भएको र अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने पुनले बताए। त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन अनुरोध गरेपछि पोसाक बनाउने घोषणा गरेको बताए।

कोरोनाको जाँच र उपचारमा डाक्टरले लगाउने पीपीईको अभाव रहेको समाचार सार्वजनिक भएपछि पीपीई बनाउन अग्रसर भएको पुन भनाइ छ। यो काममा सहयोग गर्न चाहनेलाई तुरुन्त सम्पर्क गर्न पनि पुनले आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्