काठमाडौं, ९ चैत। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन घरमै बस्न आग्रह गरेका छन्। उनले विश्व कठिन अवस्थामा रहेको भन्दै घरमै बसेर नेपाल सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन्।
नेपालका ब्याटिङ अलराउन्डर पारस खड्काले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडिओ सन्देश पोष्ट गर्दै यो विषम परिस्थितिमा सबैले आफ्नो जिम्मेवारी लिएर सचेत हुनुपर्ने बताए।
‘हामी सबैको लागि यो समय सहज छैन। अहिलेको यो परिस्थितीमा मेरो व्यक्तिगत र नेपाल क्रिकेट टीमको तर्फबाट सबै जनालाई आग्रह गर्न चाहन्छु की अत्यावश्यक कामबाहेक घरमै बसेर नेपाल सरकार र सम्बन्धित निकायलाई सहयोग गरिदिनुहुन हार्दिक आग्रह गर्दछु,’ खड्काले भनेका छन्, ‘हामी सबैले आफ्नोतर्फ जिम्मेवारी निर्वाह गर्नु महत्वपूर्ण छ। सबैले आ-आफ्नो तर्फबाट जिम्मेवारी लिने हो भने यो परिस्थितीबाट अघि बढ्न सजिलो हुनेछ। सबै जना एकजुट भएर यो महामारीविरुद्ध लडौँ।’



लोकपाटी न्यूज

