भरतपुरमा कोरोनाको आशंकामा एक जना आइसोलेसनमा भर्ना

bharatpur corona help
लोकपाटी न्यूज

चितवन, ८ चैत । भरतपुरमा एक जना बिरामी आइसोलेसनमा भर्ना भएका छन्। भरतपुरमा कोरोना विशेष अस्थायी अस्पतालमा कोरोनाको आशंकामा एक जना आइसोलेसनमा भर्ना भएका हुन्।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको बताए। आज बेलुका वा भोलिसम्ममा कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि नमूना काठमाडौं पठाउने पौडेलले बताए।

चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोनाको आशंकामा चितवन मेडिकल कलेजबाट शनिबार बिहान तीन जना बिरामी कोरोना बिशेष अस्पताल पुगेका थिए।

बिरामीहरुलाई ओपीडीमा चिकित्सकहरुले परीक्षण गरेपछि तीन जना मध्ये दुई जनाको अवस्था सामान्य देखिएपछि उपचारमा आएका ती व्यक्तिहरुलाई औषधी दिएर घर पठाईएको कोरोना विशेष अस्पतालका सदस्य सचिव एवं प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए।

डा. अधिकारीले एक जना बिरामीलाई भने भर्ना गर्नु पर्ने अवस्था देखिएपछि तत्कालका लागि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बताए। आइसियु वार्ड बनाउने काम भइरहेकोले संक्रमण नफैलियोस् भनेर सुरक्षाका हिसाबले भरतपुर अस्पतालमा पठाएको प्रवक्ता डा.अधिकारीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्