चितवन, ८ चैत। भरतपुरमा एक महिने निःशुल्क मन्टेश्वरि तालिम सम्पन्न भएको छ। महिला शशक्तिकरण तथा परिवर्तनशिल संस्थाको आयोजना र Uk aid ko सहयोगमा फागुन चारदेखि सुरु भएको तालिम चैत सात गते सम्पन्न भएको हो।
दुई र पाँच नम्बर प्रदेशका १९ महिला, एक पुरुष गरी २० जनाको सहभागिता रहेको रहेको उक्त तालिममा प्रर्फेक्ट पश्चिमाञ्चल मन्टेश्वरि तालिम केन्द्रकी प्रमूख महालक्ष्मी सेञ्चुरीले प्रशिक्षण दिएकी थिइन्। कुशल शिक्षक, कुशल आमा, दक्ष जनशक्ति अनि रोजगार सृजना गर्ने नै तालिमको उद्देश्य रहेको महिला शशक्तिकरण तथा परिवर्तनशिल संस्थाका अध्यक्ष संगिता भट्टराईले बताइन्।

उक्त तालिमको समापन सत्रमा बोल्दै प्रमूख अतिथि बाग्मती प्रदेश सभाका कृषि स्वास्थ्य तथा शिक्षा समितिका सभापति घनश्याम दाहालले अब सैद्धान्तिक क्षमतालाई व्यावहारमा लागू पर्नेमा जोड दिएका थिए। दाहालले तालिम लिएकालाई रोजगार दिनको लागि सम्बन्धीत निकायलाई आग्रह गरे।
साथै, प्याप्सन अध्यक्ष लेखनाथ खनाल र शिक्षा समन्वय इकाई प्रमूखले तालिम लिएका दक्ष जनशक्तिलाई व्यवहारिक काममा जोड्ने प्रयास आफूहरुले गर्ने बताए।

कार्यक्रममा महिला अधिकारकर्मी मिना खरेल, चेलि नेपालकी प्रमूख रतिना श्रेष्ठ, संस्थाका सचिव पवित्रा रिजाल, संस्थाका सदस्य मञ्जु सिंमखडाले मन्तव्य राखेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष संगिता भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।



लोकपाटी न्यूज
