एसईई परीक्षा स्थगित

see
लोकपाटी न्यूज

कठमाडौं, ५ चैत। भोली (बिहीबारबाट) सुरु हुने भनिएको एसईई परीक्षा स्थगित भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ। यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए।

उपप्रधानमन्त्री पोखरलले भने,‘एसइइको हकमा परिस्थितिको गम्भिरता हेरेर भोलीदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।’ अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्