काठमाडौं, ५ चैत। प्रदेश २ को नामकरण हुन नसकेपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले उत्त प्रदेशको नाम मधेस प्रदेश किन हुन सक्दैन? भनेर प्रश्न गरेका छन । बुधबार हिन्दी भाषामा ट्वीट गर्दै उनले यस्तो प्रश्न गरेका हुन ।
‘पूर्वमाओवादी’ नेताहरु मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्वनयाँशक्ति’ का नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै सो प्रश्न गरेका हुन् । ‘मधेसी पहिचानलाई संविधानले नै स्वीकार गरिसकेको अवस्थामा प्रदेश २ को नाम मधेस प्रदेश किन हुन सक्दैन ?’ उनले ट्वीटमा लेखेका छन ।
उनलाई केहि ट्वीटर प्रयोगकर्ताहरुले उनलाई हिन्दी भाषाभन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन ।भट्टराईले लेखेका छन,’ ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता? हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं? और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैंरुकुछ तो शरम करो यारो !’




लोकपाटी न्यूज

