मेलम्चीको निर्माण कार्य अन्तिम चरणमा (फोटोफिचर)

Melamchi
लोकपाटी न्यूज

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सोमबार मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण समेत गरिएको छ। आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरूको परीक्षण कार्य जारी रहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।

सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो। एक किलोमिटर लामो सुरुङ मार्गमा मेलम्चीको पानी पठाइएको हो। परीक्षणमा उक्त सुरुङमार्गमा कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक खत्रीले बताए। खत्रीका अनुसार सिनो हाइड्रो आयोजनाको निर्माणको ठेक्का पाएपछि काममा गुणात्मक प्रगति भएको छ।

सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि असोज महिनाको अन्ततिरबाट मेलम्ची खानेपानी आयोजनाको बाँकी निर्माण रहेका कामहरूको निर्माण सुरु भएपछि बितेका ५ महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनक रूपमा अगाडि बढिरहेको छ। आगामी जेष्ठ १५ सम्ममा मेलम्ची खानेपानी आयोजनाका कामहरू सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्