काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालिकोट यही फागुन २२ र २३ गतेका लागि तय गरिएको जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ।
कोरोना भाइसरको संक्रमण र उक्त महामारीलाई दृष्टिगत गर्दै जिल्ला कमिटीको बैठक स्थगित गरिएको जनाइएको छ। सरकारले ठुला सभा समारोह, भोज भतेरलगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले बैठक स्थगित गर्नु परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कालिकोटका सचिव नगेन्द्रबहादुर शाहीले बताए।
जिल्ला कमिटीको तय गरिएको बैठक र प्रशिक्षण भेला कोरना भाइरस कारण तत्काल स्थगन गर्न सूचना सम्प्रेषण गरिएको सचिव शाहीले बताए।



लोकपाटी न्यूज

