काठमाडौं। प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल रहे पनि सरकारले व्यवस्थित रूपमा तयारी नगरेको बताएको छ। कांग्रेसले तीन तहका सरकारले आपसी समन्वय गरी कोरोनाको जोखिमबाट जोगिन व्यवस्थित तयारी गर्नुपर्ने जनाएको छ।
कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस जहाज चढेर मात्र नआउने पनि बताएको छ। ‘दशा बाजा बजाएर आउन्न भन्ने एक पुरानो कहावत छ। तर प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रूपमै महामारीको डँका बजाइरहेको बेला नेपाल देशले सतर्कताको पर्याप्त पूर्व तयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ।’
विदेशबाट नेपालीहरू उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले पूर्वतयारी गर्न पनि सरकारसँग माग गरेको छ। यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कता अपनाउन कांग्रेसले सरकार र सम्बन्धित निकायमा अपील गरेको छ।






लोकपाटी न्यूज

