गोलभेडाको मुल्य घट्यो; किसान मर्कामा

tamato
लोकपाटी न्यूज

काठमाडौं । बजारमा गोलभेडाको मूल्य निरन्तर रुपले ओरालो लागेसँगै सर्लाहीका किसानहरु मर्कामा परेका छन् । देशको सबैभन्दा बढी गोलभेडा उत्पादन हुने सर्लाहीमा गोलभेडाको मुल्य प्रतिक्रेट २०० देखि २५० सम्म मात्रै बिक्रि हुँदा कृषकहरु मर्कामा परेका हुन् ।

एक क्रेटमा २२ देखि २५ किलो जाने गोलभेडाको भाउ घटेर प्रतिकिलो जम्मा १०र१२ रुपैयाँका दरले २०० देखि २५० मात्र आउने भएपछि कृषकहरु चिन्तित भएका छन् । किसानको खेतबाट सस्तैमा उठ्ने गोलभेडा स्थानीय बजारमा आईपुग्दा प्रतिक्रेट १ हजार २ सय देखि १ हजार ४ सय सम्म पर्ने गरेको छ ।

अहिले गोलभेडा उत्पादन गर्दा लाग्ने लागत नै नउठ्ने भएपछि किसानहरु दुखी देखिन्छन् । व्यापारीले ठुलो मात्रामा गोलभेडा बजारमा भित्रिएको हुनाले गोलभेडाको भाउमा भारी गिरावट आएको बताउँछन् । गत पुष र माघमा हुस्सुले गर्दा गोलभेडा उत्पादनमा कमि आएपनि पछिल्लो क्रममा घाम लाग्न थालेपछि गोलभेडा उत्पादनको वृद्दि भई किसानको गोलभेडाले उचित बजार नपाएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्