काठमाडौं । प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६अर्गानिक कर्णाली प्रदेश बनाउने प्रतिबद्धतासाथ सम्पन्न भएको छ । पाँच बँुदे साझा प्रतिवद्धता जारी गर्दै उक्त सम्मेलन सकिएको हो । कर्णाली प्रदेशलाई पूर्ण अर्गानिक प्रदेश बनाउन जनप्रतिनिधिहरुले साझा प्रतिबद्धता गरेका हुन् ।
बुधबार देखि शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलनमा सहभागी कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश वनाउनका लागी पाँच बुदे साझा प्रतिवद्धता व्यक्त गर्दै सकिएको हो ।
अर्गानिक खेतीमा बृद्धि, कर्णाली प्रदेशको समृद्धि’ भन्ने मुल नारा लिएर शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलनमा कर्णाली प्रदेशको खेतीपाती खाद्यान्न, तरकारी, फलफूल, मसला, पशुपंछी पालन तथा कृषि पशुपंछीजन्य उद्योगसमेत समग्रतामा प्रागांरिक अर्गानिक बनाउन, सबै कर्णालीबासीमा प्रागांरिक अर्गानिक खेतीपातीको जागरण बढाउन प्रतिवद्धता जनाएका छन् ।



लोकपाटी न्यूज

