सीमा विवादको लागि भारत तत्पर छ: भाजपा नेता उपाध्याय

dinesh upadhyay (1)
लोकपाटी न्यूज

काठमाडा । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता गर्नुपर्नेमा जोड दिए । उनले थपे,‘भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान गर्यौं।

नेपाल हाम्रो नजिकको छिमेकी हो । हामी हृदय बोकेर यसमा समस्याको समाधानको लागि धर्म पालना गर्छौं ।’ उनले नेपाल र भारतबीच बोर्डर समस्या नभएको पनि जिकिर गरे। उनले भने,‘यदि सानातिना विवाद भए हामी आपसमा बसेर यो समाधान गर्न तत्पर छौं । यसको लागि निरन्तर सम्वाद जरुरी छ ।’

नेता उपाध्यायले पछिल्लो समय प७त्रगयतसरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परीवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन् । उनले भने,‘यसरी धर्म परीवर्तन गराउनु गलत हो । यो अवश्य पनि राम्रो काम होईन् । तर, स्वेच्छाले धर्म परीवर्तन गरे भने त्यो स्वागतयोग्य हो ।’

उनले भने,‘नेपाल र भारतबीच एक देश वा छिमेकी छिमेकीबीचको मात्रै सम्बन्ध छैन्, यो चीन, पाकिस्तान वा बंगलादेशजस्तो सम्बन्ध होईन, नेपाल त हाम्रो सहोदर भाई हो । हामीबीच रोटी र बेटीको सम्बन्ध छ ।’ उनले नेपालसँगको सम्बन्धको चर्चा गर्दै धर्ती रहेसम्म हामीबीचको सम्बन्ध कसैले पनि र कहिल्यै पनि समाप्त गर्न नसकिने बताए ।

उनले सनातन धर्मालम्वीहरु सनातन भएर बाँच्न पर्ने र सनातन धर्म भएर नै मर्न पाउनुपर्ने पनि तर्क गरे । उनले भने,‘यो हाम्रो संस्कृति हो । तर, विश्वमा सनातन भन्दापनि मानवताको धर्म ठूलो छ । नेपालमा पछिल्लो समय धर्म परिवर्तन भैरहेको छ । यो पाप हो । दबाब, आर्थिक प्रलोभनमा धर्म परीवर्तन गराउन गलत हो ।