काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा चार दिन बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले फागुन ३, ५, ७ र १० गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको जनाएको हो।
प्राधिकरणका अनुसार यी ४ दिनमा पुल्चोक वितरण केन्द्र अन्तर्गतको फर्पिंग फिडरबाट बिजुली आपूर्ति हुने स्थानमा बत्ति नआउने भएको हो । प्राधिकरणका अनुसार उक्त फिडरको ११ केभी लाइन अपग्रेड गर्नु पर्ने भएकोले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।
निर्धारित समय अगावै काम सकिए सो अगाडी नै विद्युत नियमित सुचारु हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले फर्सीडोल, डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेल क्षेत्र लगायत त्यस फिडरबाट सप्लाई लिएका ग्राहककोमा माथि उल्लेखित चार दिन बत्ति नआउने जनाएको छ ।



लोकपाटी न्यूज
