काठमाडौं । कालीगण्डकी नदीले बगाएका एक नौ वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।धौलागिरि गाउँपालिका १ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याल पर्वत बेनीमा आयोजित महोत्सव हेर्नका लागि गएका थिए । छन्त्याललाई शनिबार दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।
कालीगण्डकी नदीले बगाएर झण्डै सय मिटर तल पुर्याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाकारी गराएको छ । नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको जनाएको छ ।
घाइते शिशिरको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको बताएका छन् । महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।



लोकपाटी न्यूज

