उच्च आर्थिक वृद्धिदर गर्ने प्रमूख १० मुलूकमा नेपालः प्रधानमन्त्री

Kp sharma oli PM
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले करको दायरा मात्र बढाउने काम गरेको बताएको छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘ एउटा भ्रम छ। सरकारले कर बढाएको होइन, करको दायरा बढाउने काम गरेको छ।’

उनले नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुको पंक्तिमा समावेश भएको बताए। ‘नेपाल अलि गरिब छ, अलि पछाडि छ, त्यसकारण त्यस्तो लाग्दैन’, उनले भने, ‘तर पछाडि छ र पनि यो १० वटा तीब्र आर्थिक विकास गरिरहेका देशहरु मध्ये परेको छ र यसले विकास गर्न सक्छ।

प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनापछिको १ दशकसम्म आर्थिक वृद्धिद्धर ४ प्रतिशतमा सीमित रहेकोमा पछिल्लो तीन वर्षयता आर्थिक बृद्धिदर ६.५ प्रतिशत भन्दा माथि रहेको उल्लेख गर्दै बिगत तीन वर्षदेखि प्रदेशको आर्थिक बृद्धिदर पनि ६ प्रतिशत भन्दा न्यून नभएको बताए।

यस्तै प्रतिव्यक्ति आय १८ प्रतिशतभन्दा माथि रहेको पनि ओलीले बताए। आर्थिक बृद्धिदरमा आएको सुधारसँगै १.५ बिन्दुले गरिबी घटेको उल्लेख गर्दै ओलीले अब सरकार गरिबी निवारणमात्रै होइन उन्मुलन नै गर्नेगरी अघि बढेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्