आजको मौसम: हल्का वर्षा हुने सम्भावना

weather
symbolic photo
लोकपाटी न्यूज

काठमाडौं । आइतबार हल्का वर्ष हुन सक्ने रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावनाको महाशाखमले जनाएको हो ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेने जनाएको छ। रातको देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।

माघ २७ गते सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। रातीको समयमा देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य र पूर्व पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

माघ २८ गते मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। रातीको समयमा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्