काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था (नासा) की ४१ वर्षीया क्रिस्टिना कोचले अन्तरिक्षमा ३ सय २८ दिन बिताएर फर्केकी छन् । झन्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टेक्दै गर्दा क्रिस्टिना कोच निकै हर्षित देखिएकी थिइन ।टोलीमा अन्य दुई अन्तरिक्ष यात्री युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो ररसियाका अलेक्जान्डर स्केभोर्सोभ पनि थिए ।
अन्तरिक्ष यान जमिनमा उत्रेलगत्तै सहयोगीले उनलाई कुर्सीमा राखे र गुरुत्वाकर्षण सन्तुलनका लागि ‘मेडिकल टेन्ट’ तर्फ दौडाए । त्यसै क्रममा उनले भनिन्, ‘म निकै उत्साहित र निकै खुसी छु । मैले यो क्षणलाई अन्तरिक्ष नायकहरूका पाइला पछ्याइरहेका बेला भएको सम्मानका रूपमा लिएकी छु ।’खासमा उनी खुसी हुनुको मुख्य कारण हो– उनका नाममा बनेको नयाँ कीर्तिमान । लामो समय अन्तरिक्षमा बिताउने महिलाका रूपमा पेगी हिविट्सनको कीर्तिमान ९२८९ दिन० उनले तोडेकी छन् ।
सन् २०१९ मार्च १४ मा अन्तरिक्ष यात्रामा निस्केकी कोच ३२८ दिनपछि सोयुज यानमार्फत पृथ्वीमा ओर्लेकी हुन् । टोलीमा अन्य दुई अन्तरिक्ष यात्री युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो ररसियाका अलेक्जान्डर स्केभोर्सोभ पनि थिए ।सन् २०१९ को अक्टोबरमा कोच र नासाकै सहकर्मी जेसिका मेयरले अन्तरिक्ष केन्द्रबाहिर हिँडेका ९स्पेसवाक गरेका० थिए । यो महिलाले अन्तरिक्षमै हिँडेको पहिलो रेकर्ड हो । कोचले पृथ्वीको कक्षलाई ५ हजार २ सय ४८ पटक घुमेकी थिइन्, जसका क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन् ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार उक्त दूरीबराबरको यात्रा गर्दा पृथ्वीबाट चन्द्रमा २९१ पटक ओहोरदोहोर गर्न सकिन्छ ।हालसम्म चार जना अन्तरिक्ष यात्रीले एक वर्षभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन् । रसियाका भलेरी पोल्याकोभले सबैभन्दा बढी ४३७।७ दिन अन्तरिक्षमा बिताएका थिए । त्यसैगरी, रुसकै सर्गेइ अब्देएभले ३७९।७ दिन, भ्लादिमिर टिटोभ र मुसा मननारोभले ३६५ दिन, मिखाइल कोर्नेइन्को र अमेरिकाका स्कट केलीले अन्तरिक्षमा ३४०।४ दिन बिताएका थिए ।



लोकपाटी न्यूज

