शर्माको प्रश्न: कमरेडको सिरानीमुनि लालपुर्जा, मुद्दा गच्छदारलाई ?

Bishwaprakash Sharma
लोकपाटी न्यूज

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग आयोगले उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्ट्राचार मुद्दा लगाएपछि नेपाली कांग्रेसले प्रश्न उठाएको छ। नेपाली काँग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले कमरेडको सिरानीमुनि लालपुर्जा, मुद्दा गच्छदारलाई भनेर प्रश्न गर्दै टुइट गरेका हुन ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका पालामा नीतिगत निर्णय भएको र पूर्वमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव विष्णु पौडेलको सिरानीमुनि लालपुर्जा भए पनि मुद्दा गच्छदारलाई लगाइएको कांग्रेसले बताएको हो। बुधबार गच्छदारसहितलाई ललितानिवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दर्ता गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त मुद्दा दर्ताप्रति प्रश्न उठाउँदै ट्वीट गरेका छन्।

‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय िएक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा िमुद्दा कसलाईरु विजय गच्छदारलाई१,’ शर्माले उल्लेख गरेका छन्, ‘एनिमल फार्मझ मा जर्ज अर्बेल भन्छन्( अल एनिमल्स आर इक्वेल, बट सम आर मोर इक्वल देन अदर्स।’यहाँ पूर्वमन्त्री कमरेड भनेर शर्माले नेकपा महासचिव पौडेललाई संकेत गरेका हुन्। पौडेलका छोरा नविनको नाममा बालुवाटारमा जग्गा छ।

पौडेलले उक्त जग्गा सरकारलाई फिर्ता गर्न चाहेको बयान दिएपछि उनीविरूद्ध अख्तियारले मुद्दा दिएन। यस्तै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले पनि बालुवाटारमा रहेको जग्गा फिर्ता गर्ने भएपछि उनलाई अख्तियारले प्रतिवादी बनाएको छैन। गच्छदारविरूद्ध भने उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रहेकोले मुद्दा दर्ता गरिएको छ। त्यसबेला प्रधानमन्त्री रहेका नेपाललाई भने मुद्दा लगाइएको छैन।

अख्तियारले गच्छदारविरूद्ध ९ करोड ६५ लाख विगोसमेत माग गरेको छ।बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने प्रकरणमा जोडिएका पूर्वमन्त्रीदेखि व्यापारीसम्म एक सय ७५ जनालाई अख्तियारले भ्रष्टाचारको आरोपमा बुधबार मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्