समुन्नतिकाे बाटाेमा अमेरिका: डोनाल्ड ट्रम्प

Donald Trump
लोकपाटी न्यूज

सिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै सदनका सांसदलाई सम्बोधन अमेरिकालाई महान्, समुन्नत र विगतको भन्दा निकै शक्तिशाली बनाउने सपना पूरा भएको बताएका छन् । ट्रम्पले ‘स्टेट अफ द यूनियनलाई सम्बोधन गर्दै आफ्नो तीन वर्षको कार्यकालमा अमेरिका तीव्र गतिमा अघि बढेको बताएका हुन ।

ट्रम्पले केही वर्षअघि सोच्न पनि नसकेको स्थितिमा अमेरिकाले प्रगति गरेको बताएका छन्। उनले तीन वर्षको आफ्नो शासनकालमा भएका उपलब्धिको उल्लेख गर्दै आफ्नो दृष्टिकोण पनि सार्वजनिक गरे। उनले भने, ‘उनले तीन वर्षअघि हामीले ‘महान् अमेरिका’को शुरुवात गरेका
थियौं। उनले तीन वर्षको आफ्नो शासनकालमा भएका उपलब्धिको उल्लेख गर्दै आफ्नो दृष्टिकोण पनि सार्वजनिक गरे। उनले भने, ‘उनले तीन वर्षअघि हामीले ‘महान् अमेरिका’को शुरुवात गरेका थियौं।आज म यसका परिणाम पनि साझा गर्न तपाईंहरूसामु उपस्थित भएको छु।’ ट्रम्पले अमेरिकी प्रशासनको राष्ट्रिय सुरक्षाको बचाउ गरे। अमेरिकी नागरिकको रक्षा गर्नु आफ्नो कर्तव्य भएको अफगान युद्धलाई संकेत गर्दै भने, ‘हामीले पश्चिम एशियामा अमेरिकी युद्ध टुंग्याउन काम गरिरहेका छौं।’

सन् २००१ बाट शुरु भएको अफगान युद्धका कारण अमेरिकी सेनालाई पर्दै आएको अप्ठ्यारो ‘हास्यास्पद’ भएको उनले बताएका छन्। अझै पनि अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सैनिक तैनाथ छन्। यी सैनिकले प्रायः अफगानी सेनालाई तालिबान लडाकुविरुद्ध तालिमलगायत सरसल्लाह दिने कार्य गर्दै आएका छन्। अफगान युद्ध अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध हो। सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति भएयता अमेरिकी सैनिक २ हजार ४ सय मारिएका छन्। अमेरिका र तालिबानबीच शान्ति वार्ता गत वर्ष शुरु भएको थियो। तर सेप्टेम्बर र डिसेम्बरमा अमेरिकी सेनाको तालिम केन्द्रमा भएको तालिबान लडाकुको आक्रमणपछि वार्ता रोकिएको थियो।उनले मेक्सिकोसँगको दक्षिणी सीमामा आफूले चालेका कदम देशका लागि आवश्यक भएको चर्चा गरे।

उनले आफूले चीनले एकतर्फी उठाएको फाइदा रोक्न सफल भएको र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि असल सम्बन्ध कायम गरेको बताए। उनले भने, ‘केही दिनअघि हामीले चीनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छौं। यसबाट अमेरिकी कर्मचारीको बचाउ हुनेछ र बौद्धिक सम्पत्तिको रक्षा गर्नेछ। हाम्रो कोषमा अरबौं डलर जम्मा हुनेछ र अमेरिकी उत्पादनका लागि विशाल बनार खोल्नेछ।’ उनले कोरोना भाइरसबाट समस्याग्रस्त चीनसँग मिलेर काम गरिरहेको पनि स्पष्ट पारेका छन्।

ट्रम्पले सोमवार आयोवा राज्यको राष्ट्रपतिका लागि भएको प्रारम्भिक निर्वाचनमा अत्यधिक मतले विजयी भएका छन्। डेमोक्र्याटिक पार्टीका उम्मेदवार भने समस्या आएको भन्दै एक एक गरी मत गणना गर्दै छन्। ट्रम्पले धाँधली गरेर निर्वाचन जितेको आरोप लगाउने गरेका डेमोक्र्याटिक नेताहरूलाई ट्रम्पका समर्थकले प्रारम्भिक निर्वाचमै मत गणनामा धाँधली गरेको आरोप लगाउन थालेका छन्। डेमोक्र्याट सांसदले रूसी हस्तक्षेपमा ट्रम्पले निर्वाचन जितेको आरोप लगाएर सुनुवाइमा अल्झाउँदै आएका थिए।

सभामुखको अभद्रता

राष्ट्रपति ट्रम्पको सम्बोधन भाषणलाई डेमोक्र्याटका तर्फबाट सभामुख बनेकी न्यान्सी पेलोसीले रोष्ट्रममा च्यातिदिएकी छन्। यो घटना राष्ट्रपति ट्रम्पकै सामुन्ने भएको थियो। राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले उक्त कागज तीनचार टुक्रा पारेकी थिइन्। पेलोसीले भनिन्, ‘राष्ट्रपतिको भाषण झूटको पुलिन्दा हो।’ रिपब्लिकन पार्टीका सांसदले भने सभामुखको रबैया निन्दनीय रहेको आरोप लगाएका छन्। ‘अबको राष्ट्रपति चुनावमा पनि सभामुख पेलोसीले स्वतन्त्र मतदातालाई त्यसैगरी तोड्दै हुनुहुन्छ’, ट्रम्पका चुनावी प्रचारका प्रवक्ता टिम मर्टागले भने, ‘पेलोसी र डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताका लागि गरेका राम्रा कामलाई पनि अस्वीकार गरेको यसैबाट पुष्टि हुन्छ।’

लुजियानाका रिपब्लिकन मतगणक स्टिभ स्कालिजले आक्रोशित हुँदै भने, ‘राष्ट्रपतिको भाषणले अमेरिकी नागरिकलाई समान व्यवहार गरेको थियो। तर पेलोसीले त्यसलाई च्यातचुत पार्ने निर्णय गर्नुभयो।’अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति ट्रम्पले कंग्रेसलाई बेवास्ता गरेको र न्यायमा अवरोध गरेको भन्दै महाभियोग प्रस्ताव पारित गरेको थियो। महाभियोग प्रस्ताव अहिले माथिल्लो सदन सिनेटमा पारित नहुने भएपछि डेमोक्र्याटिक नेताहरू आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्।