अनौठो देशः जहाँ बजेट भाषण गर्नुअघि रक्सी पिउन पाउँछन्

budget
लोकपाटी न्यूज

एजेन्सी। एउटा यस्तो देश छ, जहाँका मन्त्रीले बजेट पेश गर्नुअघि आफूलाई मन लाग्यो भने रक्सी पिउन पाउँदछन्।यस्तो अनौठो नियम भएको देश अरु कुनै होइन, प्रजातन्त्रको जननी मानिने बेलायत नै हो। बेलायत नै त्यो देश हो जसले विश्वमा बजेटको सुरुवात गरेको थियो।

बेलायतमा एउटा यस्तो कानून छ जस अनुसार बजेट पेश गर्ने दिन त्यहाँका चान्सलरले चाहे भने रक्सी पिएर पनि बजेट पेश गर्न सक्दछन्। बेलायतमा संसदमा बजेट पेश गर्ने मन्त्रीलाई चान्सलर भनिन्छ। बेलायतको तल्लो सदन हाउस अफ कमन्सको नियम पुस्तिकामा मदिरापानका विषयमा गज्जबको नियम छ।

जस अनुसार रक्सी पिएर बजेट पेश गर्ने अनुमति केवल चान्सलरलाई मात्र हुनेछ, त्यो पनि केवल एक दिनका लागि मात्रै । तर अरु कुनैपनि सांसदलाई रक्सी पिएर संसदमा आउने छुट हुँदैन। बजेट पेश गर्ने दिन बाहेक अरु दिन चाहीँ चान्सलरले पनि रक्सी पिएर संसदमा आउन पाउँदैन ।

बेलायतमा यो नियम दशकौँ देखि प्रचलनमा छ । तथापि मानिसहरु यसलाई अहिले बेतुकको ठान्दछन्। बेलायतमा बजेटसँग सम्बन्धित एक अर्को पनि रोचक कुरा छ। त्यहाँ बजेट पेश गर्नका लागि १ सय ५ वर्षसम्म एउटै ब्रिफकेसको प्रयोग गरिएको थियो। उक्त ब्रिफकेसलाई सन् १८६० मा चान्सलर विलियम ग्लाडस्टोनले पहिलोपटक प्रयोग गरेका थिए। उक्त ब्रिफकेसको नाम स्कारलेट थियो।

उक्त ब्रिफकेस १०५ वर्षसम्म अर्थात् १९६५ बजेट पेश गर्दा प्रयोग गरियो । सन्१९६५ मा तत्कालीन चान्सलर जेम्स क्यालेघनले नयाँ ब्रिफकेस प्रयोग गरे। त्यसपछि सन् १९९७ मा आएर चान्सलर गोर्डन ब्राउनले पनि बजेट पेश गर्नका लागि नयाँ ब्रिफकेस प्रयोग गरे।

सन् २०११ को बजेट पेश गर्दा अर्को रोचक घटना भयो। तत्कालीन चान्सलर जर्ज ओसबर्नले संसदमा बजेट पेश गर्नका लागि १ सय ५१ वर्ष पूरानो ब्रिफकेस प्रयोग गरेका थिए जसलाई सन् १८६० मा विलियम ग्लाडस्टोनले प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्