काठमाडौं । मौसम पूर्व अनुमान महाशाखाले आजको मौसम सफा रहने जनाएको छ । दिउँसो पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानाकारी दिएको छ । राती पनि देशभर मौसम सामान्यतया सफा रहनेछ। आगामी तीन दिनको मौसम पूर्वानुमान प्रकाशित गर्दै महाशाखाले उक्त जानाकरी गराएको हो ।
नेपालको पुर्वी तथा मध्य भूभागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल देशको मध्पय हाडी भूभागमा आशिंक बदली रहेको छ।
माघ २० गते सोमबार दिउँसो पुर्वी तथा मध्य नेपालका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राती देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
माघ २१ गते मंगलबार दिउँसो देशभर आन्शिक बदली रहनेछ । देशको पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । राती देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भू(भागमा आन्शिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको जनाकारी महाशाखाले दिएको छ ।



लोकपाटी न्यूज

