काठमाडौं । स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुन नगरपालिकाले दुई महिनाअगाडि कालोपत्रे गर्यो ।
अहिले सडक कालोपत्रे उप्किएर खाडल बनेका छन् । मापदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुई महिना पनि नथामेको नागार्जुन नगरपालिका ४ का स्थानीयले बताए ।
नगरपालिकाले मापदण्ड पूरा नगरी पिच गरेको देखिन्छ एक स्थानीयले भने, “कालोपत्रे देखाउन मात्र गरिएको रहेछ ।” उक्त सडक बनाउन नगरपालिकाले ०७५ चैतमा कालिञ्चोक कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो ।
तर, वर्षातको मौसम भएकाले त्यस बेला काम सुरु नभएको नगरपालिकाकाले बतायो । त्यसपछि कातिक मसान्तपछि कालोपत्रे गरियो ।
२० एमएको मोटाइको पिच गर्न ५४ लाख १९ हजार रुपैयाँमा कालिञ्चोक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको जानकारी दिए ।



लोकपाटी न्यूज
