आजको मौसम : हल्का वर्षा हुने सम्भावना

weather
symbolic photo
लोकपाटी न्यूज

काठमाडौं । मौसम पूर्व अनुमान महाशाखाले पुर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा अपरान्ह पश्चात हल्का बर्षा हुन सक्ने सम्भावना रहेको बताएको छ। आगामी तीन दिनको मौसम पैर्वानुमान प्रकाशित गर्दै महाशाखाले उक्त जानाकरी गराएको हो ।

दिउँसो देशको पूर्वी भूभाग लगायत मध्य पहाडी भभागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । रातीको समयमा देशको पहाडी भूभागमा आंसिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाल देशको मध्य तथा पुर्वी पहाडी भू(भागमा आशिंक देखि सामान्य बदली रही मध्य तथा पुर्वी तराई भू(भागमा हुस्सुरकुहिरो लागिरहेको छ। पश्चिमी भू(भागको थोरै स्थानहरुमा हुस्सु रकुहिरो लागिरहेको छ। हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली भएको छ भने मध्य र पूर्वी तराईका क्षेत्रमा हुस्सु लागको छ ।

यसैगरी पश्चिमी भूभागका केही स्थानमा भने हुस्सु लागेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरोका कारण घाम राम्रो सँग नलाग्ने भएकोले चिसो बाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ।

भोलि शनिबार दिउसो दिउँसो देशभर आशिंक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। रातीमा उच्च पहाडी तथा हिमाली भूभागमा आंसिक देखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानाकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्