काठमाडौं, ९ मंसिर । आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा सयले घटेर रु. ५८ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
चाँदीमा तोलामा पाँच रुपैयाँले घटेर रु. ७१० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
