काठमाडौं, १६ माघ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सोमपाल कामीले विवाह गरेका छन्। सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन्।
क्रिकेटर सोमपालले चार वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन्। राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले सोमपाल र प्रतिभालाई वैवाहिक जिवनको शुभकामना दिएका छन्।
उनले नयाँ यात्रा थालेकोमा बधाई भन्दै सामाजिक सञ्जालमा शुभकामना सन्देश लेखेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाको तयारीमा रहेको छ। सोमपालको स्वास्थ्यमा समस्या आएपछि उनी भने अहिले आराम गरिरहेका थिए ।



लोकपाटी न्यूज
