राष्ट्रियताका पक्षमा वामपन्थी दलहरुकाे माेर्चाबन्दी

Bampanthi
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ। भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न र मिलेनियम च्यालेञ्ज कर्पोरेश (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार ९ राजनैतिक दलहरुको संयुक्त बैठक बसी संघर्षका कार्यक्रम घोषणा गरेका छन्। नेकपा मसाल, महासचिव नेकपा क्रन्तिकारी माओवादी, नेकपा माले , राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा ,नेकपा माओवादी केन्द्र, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद् सम्बद्ध राजनैतीक दलहरुको बैठक बसेको हो।

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले भारतद्वारा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रसमेतको भूमि अतिक्रमण भएको र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)  सम्झौताकाविरुद्ध संघर्षका संघर्षका कार्यक्रमहरुलाई व्यापक र सशक्त बनाउने निर्णय गरेको हो।बैठकले आगामी माघ २४ गते सातवटै प्रदेशका काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोध सभा गर्ने निर्णयसमेत गरेको छ। बैठकले कार्यगत एकता सम्वन्धी आचारसंहिता पनि निर्माण गरेको छ।

नौं राजनैतिक दलद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘सरकारले भारतले मिचेको उक्त भूमि फिर्ता गराउन प्रभावकारी कदम चालेन र अतिक्रमित भूमिलाई समावेश गरी नेपालको नक्सा जारी गर्नसमेत सकेको छैन।, उक्त अतिक्रमित भूमि फिर्ता गराउनका लागि व्यापक शसक्त संघर्ष गर्न हामी सहमत भएका छौं।’ मिलेनियम च्यालेञ्ज कर्पोरेश (एमसीसी)  सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्रको समेत विरुद्ध रहेको छ  सम्झौतालाई संसदबाट अनुमोदन नगर्न उक्त सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्दछौं वक्तव्यमा उल्लेख गरिएको छ।

संयुक्त प्रेस वक्तव्य :

2