बैशाखसम्म नगरकोट सडक निर्माण सम्पन्न नभए कारबाही गरी क्षतिपूर्ति तिराउछौं : मन्त्री बाँस्कोटा

gokul-baskota
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ। सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वैशाखसम्ममा भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन्। मन्त्री बाँस्कोटाले आगामी बैशाखसम्म भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न नगरे कारबाही गरी क्षतिपूर्तिसमेत तिराइने बताए।

नगरकोटमा शुक्रवारदेखि शुरु भएको तीनदिने दोस्रो नगरकोट महोत्सवको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न नभए सार्वजनिक खरिद ऐनअनुसार असुलउपर गरी क्षतिपूर्ति भराइने बताएका हुन्।

मन्त्री बाँस्कोटाले २२ वर्ष देश चलाउनेहरुले भत्काएर गए पनि वर्तमान सरकारले बनाउनेतर्फ लागेको चर्चा गर्दै एउटा घर बनाउने कुरा नभई देश बनाउने कुरा भएकाले केही समय ढिला हुँदा आत्तिन नहुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्