डोटी, ११ माघ। सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले सरकारी कर्मचारीले आफ्ना छोरा छोरीलाई सरकारी स्कूलमा भर्ना नगरे कारबाही गर्ने चेतावनी दिएका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका ४ मा निर्माण हुन लागेको निजामती कर्मचारी विद्यालयको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले कारबाहीको चेतावनी दिएका हुन्।
सरकारी जागिर खाएर कर्मचारीले छोरा छोरीलाई निजी बोर्डिङमा पढाउने गरेको भन्दै मूख्यमन्त्री भट्टले भने, ‘सरकारको पैसा खाएर छोरा, छोरी नीजि बोर्डिङमा पढाउन पाइदैन, निजी बोर्डिङमा पढाउनेलाइ अब कारबाही हुन्छ।’ प्रदेशभित्रका नीजि विद्यालयमा छोरा छोरी पढाउने सरकारी कर्मचारीको तथ्यांक संकलन गर्ने काम सुरु गर्न लागेको भन्दै उनले त्यसबाट आउने तथ्यांक अनुसार कारबाही अघि बढाइने बताए।
२ करोड ३९ लाख लागत ६ कोठे दुइ तले निजामती स्कूलको भवन २०७८ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण गर्न लागिएको छ । निजामती कर्मचारी स्कूलका लागि १०० रोपनी जमिन खरिद गरेर भवन बनाउन थालिएको हो। आउँदो वर्षमा नयाँ स्कूल भवन, आवास गृह, खेलकुद मैदान, स्वीमङ पुल लगाएका संरचनाहरु निर्माण गर्न झण्डै ७५/८० करोड रकम खर्च गर्ने योजना रहेको मूख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।



लाेकपाटी न्यूज

