नारायणी नदीको ‘क्रुज’मा उपराष्ट्रपति पुनको सयर यात्रा

uparastrapati ss
लाेकपाटी न्यूज

चितवन, १० माघ। नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज) मा शुक्रबार उपराष्ट्रपति नन्दकिशोर पुनले परिक्षण सयर गरेका छन्। क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो।

भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पुर्‍याइएको छ। औपचारिक शुभारम्भअघि नै उपराष्ट्रपति पुनलाई परिक्षण सयर गराइएको हो। सो अवसरमा पुनकी धर्मपत्नी हस्तमाया पुनसहित उपराष्ट्रपतिको सचिवालयका कर्मचारीहरु पनि सहभागी भएका थिए ।

क्रुजको निरिक्षण र सयर पछि उपराष्ट्रपति पुनले खुशी व्यक्त गर्दै राम्रो कार्यको थालनी भएको बताए। उपराष्ट्रपति पुनलाई क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुजका बारेमा जानकारी गराएका थिए ।

कँडेलका अनुसार क्रुज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आगामी वैशाख महिनाभित्रमा क्रुजलाई नियमित सञ्चालनमा ल्याउने तयारी गरिएको छ। क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेले त्यसको मज्जा लिनेछन्। अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि दिवा खाना नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए। काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि करिव तीन घण्टाको समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्