काठमाडौं, १० माघ। काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको छ।सैनिक स्रोतका अनुसार शहरी विद्रोह नियन्त्रण, अन्तर्राष्ट्रिय मानवीय कानून र घाइतेहरुको उद्धारमा केन्द्रित रहेर नेपाल र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास हुन लागेको हो।
उक्त सैन्य अभ्यास काठमाडौं र नगरकोटमा हुने जनाइएको छ। सैन्य अभ्यासमा नेपाली सेनाका २६ जना सैनिक कर्मचारी सहभागी हुने तय भएको छ।
यस्तै, अमेरिकी सेनाको तर्फबाट ९ जनाको हाराहारीमा सैनिक कर्मचारी सहभागी हुने सैनिक स्रोतले जनाएको छ।



लाेकपाटी न्यूज

