कृषि तथा वन विज्ञान विश्वविद्यालय विद्यार्थी आन्दोलित

lokpati banner
लाेकपाटी न्यूज

हेटौंडा । कृषि तथा वन विज्ञान विश्वविद्यालय विद्यार्थी आन्दोलित भएका छन् ।वागमती प्रदेशको राजधानी हेटौंडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरु विगत ३१ दिन देखि आन्दोलित भएका हुन् ।

गत पुस ५ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय,वन संकाय हेटौंडाले लिएको प्रवेश परीक्षामा मेरीट छनोट गरेको थिया । छनोट गर्दा निजी क्याम्पसलाई प्रोत्साहन दिन गत वर्षको नियमलाई परिवर्तन नगराई छात्रवृति पाउनु पर्ने विद्यार्थीहरुको हक अधिकारहरुलाई उल्लङ्घन गरि पूर्व जानकारी बिना प्रवेश परीक्षामा कम योग्यता भएका विद्यार्थीहरुलाई छात्रवृति छनोट गरेको आरोप लगाएका छन् ।

पुस ७ गतेबाट अनेरास्ववियूले अनिश्चतकालिन तालाबन्दी गरेको अनेरास्ववियू क्रान्तिकारी कृषि तथा वन विज्ञान संकायका अध्यक्ष अंकित दिपेन्द्र कोईरालाले बताए ।बुधबार र्याली पछिको कोण सभामा सम्बोधन गर्दै कोईरालाले विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीका जायज माज पूरा गर्न नसके झोलीझम्टो कसेर बाटोलाग्न र योग्य व्यक्तिलाई मार्ग प्रशस्त गर्न चेतावनी दिए ।

माग पुरा नगरेको खण्डमा संघर्षका थप कार्यक्रमहरु सशक्त रुपमा अघि बढी हुनसक्ने दुर्घटनाको जिम्मेवार डिन कार्यलय हुने बताए । अनेरास्ववियूले गएको पुस ७ गते सोमबारबाट अनिश्चतकालिन तालाबन्दी गरेको हो ।

अनेरास्ववियू केन्द्रीय समितिको पहिलो बैठकले समेत हेटौंडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भइरहेको आन्दोलनबारे ध्यानाकषर्ण जनाएको छ ।

संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै आन्दोलनमा समर्थन रहेको र सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको जनाएपनि हालसम्म भने कुनै ठोस परिणाम नआएको विद्यार्थीहरू बताउछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्