विप्लवको उर्दी, ‘एनजिओलाई घर भाडामा नदिनुहोस्’

biplab netra bikram chand
लाेकपाटी न्यूज

धनकुटा। धनकुटामा विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाद्वारा एनजिओ/आइएनजीओहरुलाई घर भाडामा नदिन अपिल गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरिएको हो।

जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी विज्ञप्तिमा एनजीओ/आइएनजीओलाई घर भाडा नदिन वा भाडामा दिईएका त्यस्ता संघसंस्थालाई हटाउन घरबेटीलाई अपिल गरिएको छ। उक्त विज्ञप्तीमा राष्ट्रलाई आर्थिक संकटबाट बचाउनका लागि यस्ता संस्थालाई बाहिस्कार गर्न आग्रह गरिएको छ।

विज्ञप्तीमा लेखिएको छ, ‘दलाल पुँजीवादी संस्था तपाईको घरमा कार्यालय खोलेर बसेको हुनाले उक्त संस्थाको कार्यालय हटाइदिनुहुन अनुरोध छ। जनताको इच्छा विपरित ढाँटछल गरी आफ्नो स्वार्थ पूरा गरिरहेकाले यस्ता संस्थालाई बन्द गर्ने हाम्रो अभियानमा सहयोग गर्नुहुन अनुरोध छ।’