राजपाको हृवीपः ‘गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहोस्’

Rajendra-Mahato
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न हृवीप जारी गरेको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिबार हृवीप जारी गरेका हुन्। राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल गरेको छ।

राजपाले अन्य समूहमा मृगेन्द्रकुमार सिंह र अल्पसंख्यकमा शेखरकुमार सिंह तथा नेकपाले महिलामा तुलासा दाहाल र दलितबाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ। प्रदेश २ मा राजपाका २५ जना प्रदेश सांसद र स्थानीय तहका ४४ गरी ६९ जना मतदाता छन्।