फेरि पक्राउ परे अर्का स्वामी, यस्तो छ आरोप

Swami
लाेकपाटी न्यूज

काठमाडौं। शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दीपक भण्डारी पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनलाई आज पक्राउ गरेको हो।

शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वासन देखाएर रकम उठाएर विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उजुरी दिएपछि पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

भण्डारीले चेक गणतन्त्र पठाइदिन्छु भन्दै पैसा उठाएको बताइएको छ। भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रूपमा प्रहरीसँग परिचय गराएका छन्। टौदहमा उनको आश्रमसमेत रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्