एजेन्सी। अनियमित खानपानका कारण तपाईंलाई धेरै किसिमका रोगहरू लाग्न सक्छन्। समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ।
निम्नानुसार खाना खाने बानी छ भने तपाईंलाई हृदयघात पनि हुन सक्छ। त्यसैले हृदयघातबाट जोगिन यस्ता पाँच आदतहरू तपाईंको पनि छ भने आजैबाट छोड्नुहोस्।
बिहानको खाजा नखानुः बिहान सही समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन बढ्छ। यसले छिटो शरीरको धड्कन बढ्न सुरु हुन्छ र मुटुमा नराम्रो असर पर्छ। बिहानको खाजा नखानेहरूमा हृदयघातको खतरा २७ प्रतिशत धेरै हुन्छ।
खाना खानुपछि गुलियो खानुः खाना खाए लगतै गुलियो चिज खाँदा चिनीको मात्रा छिटो बढ्छ। यसले मोटोपन बढ्छ र हृदयघात हुने डर बढ्छ।
धेरै मसला भएको खानाः धेरै पिरो र मसालेदार खाना खाँदा शरीरमा रगत सञ्चालनको प्रक्रिया बढ्छ। यसले हृदयघातको खतरालाई बढाउँछ।
धेरै चिल्लो खाना खानुः धेरै चिल्लो खाना खानाले शरीरमा धेरै बोसो जम्मा हुन्छ। यसले कोलेस्ट्रोल बढाउँछ। जसले गर्दा हृदयघातको खतरा बढ्छ।
धेरै मोटो मासु खानालेः सधै मोटो मासु जस्तै मटन र बीफ खानाले शरीरमा बोसोको मात्रा बढ्न जान्छ। यसले शरीरमा कोलस्ट्रोलको मात्रा बढाउँछ र हृदयघात हुने सम्भावना बढ्छ।



लाेकपाटी न्यूज

