काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति यहि साताभित्र तोकिने भएको छ। त्रिभुवन विश्विवद्यालयले नेविसंघसँग यो हप्ताभित्रै मिति तोक्ने सहमति गरेको हो। स्ववियु निर्वाचन फागुनमा गर्ने तय भए पनि कति गते गर्ने भन्ने तय भएको छैन।
एक हप्ताभित्र फागुनमा हुने महाधिवेशनको मिति तोक्ने र एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको नेविसंघ त्रिभुवन विश्व विद्यालयका इकाई सभापति हरी आचार्यले जानकारी दिए।
त्यस्तै विश्वविद्यालयको प्रांगणभित्र बनेको प्रहरी भवन पनि हटाउने सहमति भएको छ। सहमतिपत्रमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगर र संघका तर्फबाट सचिव योगेन्द्र रावलले हस्ताक्षर गरेका छन्।
नेविसंघले विश्वविद्यालय भित्राके प्रहरी चौकी हट्नुपर्ने, स्ववियु निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने लगायतको माग राख्दै ज्ञापनत्रपत्र बुझाएको थियो। त्यसपछि भएको छलफलमा सहमति जुटेको हो।



लाेकपाटी न्यूज

