काठमाडौं, २१ पुस । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत नगर्न आग्रह गरेका छन्। प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्दा प्रहरीलाई समाजले सोही रुपले लिने भएकाले सकारात्मक भूमिकामा प्रस्तुत गरिदिन आग्रह गरेका हुन्।
१० औं नेफ्टा अवार्ड घोषणा समारोहमा उनले चलचित्रमार्फत् समाजमा महत्त्वपूर्ण प्रभाव पर्ने भन्दै उनले चलचित्रकर्मीहरुले प्रहरीको भूमिकालाई सकारात्मक देखाए प्रहरीप्रति समाजमा रहेका भ्रमहरु हट्न सघाउ पुग्ने बताए। प्रहरीको विषयमा फिल्म बनाइए संगठनले आवश्यक सहयोग गर्न तयार रहेको खनालको भनाइ छ।



लाेकपाटी न्यूज

