अस्मिना पाण्डे/ बुटवल, २० पुस। प्रदेश नम्बर ५ का सभामूख पुर्ण बहादुर घर्तीले महिलालाई पछाडी पारेर देश समृद्ध बन्न नसक्ने बताएका छन्। उनले आर्थिक रुपमा महिला सशक्तीकरण नहुँदासम्म आर्थिक समृद्धि हुन नसक्ने बताए।
महिलाहरु आर्थिक रुपमा सशक्त नहुँदासम्म सामाजिक समानता हुँदैन उनले भने। सञ्चारमा महिलालाई काम गर्न असहज भएपनि समाज सुधारको अभियानमा निरन्तर लागेको भन्दै महिला सबल हुनु नै आजको आवश्यकता भएको बताए। रेडियो मुक्तिको ९५.५ बुटवलको ११ वार्षिकोत्सवको अवसरमा आयोजित महिला सशक्तिकरणमा सञ्चारको भूमिका विषयक कार्यशाला गोष्ठीको समुद्घाट्न गर्दै उनले सो कुरा बताएका हुन्।
‘महिला सानो हुँदा बुवा आमाको अधिनमा, वैवाहिक जीवनपछि श्रीमानको अधिनमा बस्नु पर्ने र पछिल्लो समय छोराछोरीको अधिनमा बस्नुपर्ने भन्दै सभाभूख घर्तीले परम्परागत घरायसी मान्यतालाई आधार बनाएर अब बस्न नहुने बताए। जबसम्म महिलाको सम्पत्ति माथिको अधिकार सुनिश्चितता हुँदैन तबसम्म समानता हुन् सक्दैन उनले भने। उनले दिगो विकासका लागि महिलालाई आत्मनिर्भर भएर आफ्नो खुट्टामा उभिन आग्रह गर्दै चुलो चौको छोडेर सिपमुलक काममा लाग्नुपर्नेमा जोड दिए।
इन्टरनेशनल नेपाली जर्ना्लिष्ट नेटवर्कको सहयोगमा भएको कार्यक्रममा बोल्दै सभामूख घर्तिले समाज राष्ट्रको विकासका लागि महिला पुरुष दुबैको समान बिकास जरुरी रहेको बताए। आधा भन्दा धेरै जनसख्या ओगटेको महिला बर्गको विकास र शसक्तिकरण बिना सिंगो देशको विकास र समृद्धि सम्भवन नभएको बताए। कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले विभिन्न चुनौतीका बाबुजुत पनि रेडियो मुक्तिले गरेका कामहरु सह्रानीय रहेको बताउँदै नेपाल सरकारले ल्याएको दिगो विकासलाई अगाडि बढाउन हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य रहेको बताए।
कार्यक्रममा इन्टरनेशनल नेपाली जर्नालिष्ट नेटवर्कका अध्यक्ष टंक पन्तले महिलाको क्षमता विकासका लागि सञ्चारसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। कार्यक्रममा रेडियोका कार्यबाहक अध्यक्ष खेम कुमारी पोखरेल ९दिपु० निवर्तमान अध्यक्ष तथा प्रमूख सल्लाहाकार सावित्रा आर्याल, पत्रकार गोपाल शर्मा, प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल, सामुदायिक प्रसारक संघका केन्द्रीय सदस्य मिलन गाहा, रेडियोका स्टेशन म्यानेजर कल्पना तिवारी लगायतले बोल्दै दिगो विकासको लक्ष्य प्राप्तिका लागि महिला सशक्तिकरण गर्दै हरेक क्षेत्रमा समान सहभागिताको नीति अवलम्बन गरेर अगाडि बढनु पर्नेमा जोड दिएका थिए।
रेडियो मुक्ति महिलाहरुकै लगानी र महिलाहरुकै सकृयतामा सञ्चालित रेडियो हो। जहाँ महिला मात्र आबद्ध छन्। २०६५ सालमा स्थापना भएको रेडियोले खास गरी महिला बालबालिका, पछाडि पारिएका बर्ग र आवाज बिहिनहरुको आवाज बन्दै अगाडि बढीरहेको छ।



लाेकपाटी न्यूज

